कम्युनिष्टहरु एक हुन सकिन्छ : विप्लव
वि.सं.२०७९ असार ७ मंगलवार ०७:३६
1.09K
shares

जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्टहरुबीच एकता हुन सक्ने बताएका छन् ।
जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले अबको नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने बताएका हुन् । उनले भने,‘ कम्युनिस्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’
उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए ।
केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीहरु एक ठाउँमा उभिने वातावरण बनेको बताएका थिए ।
वि.सं.२०७९ असार ७ मंगलवार ०७:३६

















