skip this

मन्त्रीदेखि क्षेत्रीय सभापतिसम्मलाई निलम्बनको पत्रकै आधिकारिकतामा प्रश्न उठ्यो !

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– नेपाली कांग्रेस बारा, जिल्ला अनुशासन समितिको हेटरप्याड प्रयोग गरेर गरिएको कारबाही पत्रको आधिकारिकतामा माथि प्रश्न उठेको छ ।

समितिले नेपाली कांग्रेका सहमहामन्त्री एवं सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्व सभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई कारबाही गरेको पत्र मंगलबार सार्वजनिक भएको थियो ।

नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूणकुमार यादवले लेखेको पत्र आधिकारिक नभएको जिल्ला सभापति राजेश राय यादबले विज्ञप्ती निकालेर जनाएका छन् ।

विज्ञप्तीमा आधिकारिकता संयोजक विनोदमणी मण्डल रहेको उल्लेख छ । जिल्ला सभापति यादबको अध्यक्षतामा १० बैशाखमा बसेको बैठकले मण्डल संयोजक र रामनारायण प्रसाद यादब, सुनैना देवी कलवार सदस्य रहने गरि समिति गठन गरिएको उल्लेख छ ।

विज्ञप्तीमा अरूणकुमार यादव संयोजक रहेको समितिले गरेको कारबाही गरेको पत्र भ्रामक र फर्जी रहेको उल्लेख छ ।

बारामा कांग्रेसको कारबाही फण्डा ! मन्त्रीदेखि सभापतिसम्मलाई निलम्बन गरेको पत्रको जुहारी

nijgadh-supermart-adz1200-630