skip this

बारामा कांग्रेसको कारबाही फण्डा ! मन्त्रीदेखि सभापतिसम्मलाई निलम्बन गरेको पत्रको जुहारी

एउटै समितिकाे दुई जना संयाेजक

3.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– नेपाली कांग्रेस बारामा दुई दिनको विचमा ४ नेतामाथि कारबाहीको पत्र सार्वजनिक भएको छ ।

जिल्ला पार्टी संगठन विभागका पूर्व प्रमुख तथा जिल्ला सभापतिका प्रत्यासी शम्भु बहादुर बुढाथोकीलाई कारबाही गरेको पत्र सार्वजनिक भएको भोलीपल्ट मंगबार थप तीन नेता कारबाहीमा परेको पत्र सार्वजनिक भएको छ ।

एक पक्षले अर्को पक्षलाई कारबाही गरेको शैलीमा यी पत्र सार्वजनिक भईरहेका छन् । कारबाहीको मिति एक दिनको अन्तरमा देखिएको छ भने कारबाही गर्ने समिति एउटै भएपनि संयोजक फरक–फरक भएको पाईएको छ । बुढाथोकीलाई विनोदमणी महतो संयोजक रहेको समितिले कारबाही गरेको छ भने अरुलाई तीन जनालाई अरुण कुमार यादब गुड्डु संयोजक रहेको समितिले कारबाही गरेको पत्रमा उल्लेख छ ।

कारबाहीको सूचीमा को–को ?

नेपाली कांग्रेस बारा, जिल्ला अनुशासन समितिको हेटरप्याड प्रयोग गरेर गरिएको कारबाही पत्रमा मन्त्रीदेखि क्षेत्रीय सभापतिसम्म छन् । समितिले नेपाली कांग्रेका सहमहामन्त्री एवं सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्व सभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादव, जिल्ला सभापतिका प्रत्यासी शम्भु बहादुर बुढाथोकी कारबाही गरेको पत्रमा उल्लेख छ ।

सोमबार सार्वजनिक पत्रमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका बुढाथोकीलाई विनोद मणी महतो संयोजक रहेको समितिले साधारण सदस्य समेत नरहने गरि २८ बैशाखमा कारबाही गरेको पत्रमा उल्लेख छ । केन्द्रीय अनुशासन समितिलाई लेखिएको पत्रको बोद्धार्थ प्रदेशदेखि निर्वाचन क्षेत्रको समितिसम्मलाई लेखिएको छ ।

त्यस्तै मंगलबार सार्वजनिक पत्रमा मन्त्री चौधरी, पूर्व सांसद यादब र क्षेत्रिय सभापति यादबलाई साधारण सदस्य समेत नरहने गरि २९ बैशाखमा कारबाही गरेको पत्रमा उल्लेख छ । पत्रमा पटक–पटक आर्थिक वर्ष केरमेट गरिएको छ ।

पत्रमा नेपाली काग्रेसको विधान २०१७ संसोधन सहितको धारा ३४ को उपधारा ४ (ख) अनुसार पार्टीको सदस्य समेतबाट निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

कारबाहीको कारण छैन

अनुशासन समितिको दुवै पत्रमा कारबाही गर्नुपर्ने कारण उल्लेख छैन । कारबाही गरिएका भनिएका नेताहरुलाई स्पष्टिकरणको सोधिएको वा न सोधिएको समेत उल्लेख छैन ।

कारबाहीको फण्डा

स्थानीय तह निर्वाचनमा अन्र्तघात गरेको कारण कारबाही गरिएको चर्चा छ तर स्थानीय निर्वाचन बैशाख ३० मा भएको थियो । चुनावको एक÷दुई दिन अघि नै कारबाहीको निर्णय भएको पत्रले जनाउँछ । पत्रलाई आधार मान्ने हो भने चुनाव अघि नै अन्र्तघाती पत्ता लगाउन अनुशासन समिति सफल भएको देखिन्छ तर पत्र भने झण्डै ४ महिनापछि मात्र सार्वजनिक भएपछि कारबाही फण्डा मात्रै हो कि भन्ने शंका गर्ने ठाउँ दिएको छ ।

एउटै समितिको दुई वटा संयोजक हुनु आफैमा हास्यस्पद विषय बनेको छ भने निर्वाचन अघि नै अन्र्तघाती भन्दै कारबाही हुनुलाई पनि विश्वास गर्ने ठाउँ छैन ।

nijgadh-supermart-adz1200-630