skip this

गठबन्धनको विरोध नगर्न कांग्रेसका नेता पौडेलको निर्देशन

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गठबन्धनको विरोध नगर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले निर्देशन दिएका छन् । आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ स‌ंगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे ।उनले ‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिन र बहुमत ल्याउनलाई गठबन्ध गरेको बताए ।

उनले गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुने जिकिर गरेका छन् । गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउँन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्ध अरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।

nijgadh-supermart-adz1200-630