skip this farak Kura Pravakar

भष्ट्राचार नै मुलुकको सबैभन्दा ठूलो समस्या हो –माधवकुमार नेपाल

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । छिनछिनमा सरकार परिवर्तन होस् भन्ने आफ्नो चाहना नभएको नेकपा( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायीत्वको आवश्यकता रहेको बताएका हुन ।

अध्यक्ष नेपालले समाजवादको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सम्वृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जिकिर गरेका छन् । अध्यक्ष नेपालले भष्ट्राचार नै मुलुकको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गरेका छन् ।

त्यस्तै अध्यक्ष नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन् । नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई समेत दिएका छन् ।प्रचण्डले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढोस् । बोली र व्यवहारमा सामञ्जस्य आओस् ।’

nijgadh-supermart-adz1200-630