बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमरकट्टेल नियुक्त
वि.सं.२०७९ पुस २५ सोमवार १४:५६
915
shares

काठमाडौ-बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का सांसद शालिकराम जमरकट्टेल नियुक्त भएका छन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जमरकट्टेलले नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए।
वि.सं.२०७९ पुस २५ सोमवार १४:५६
















