बसको ठक्करबाट कञ्चनपुरमा साइकलयात्रीको मृत्यु
वि.सं.२०७९ असार ८ बुधवार १२:१६
1.34K
shares

काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट कंचनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० बर्षीया विमला देवी जोशीको मृत्यु भएको हो । जोशी सवार साइकललाई ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीलाई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो । बस चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७९ असार ८ बुधवार १२:१६

















