skip this

त्यो दशैं : पिंङ हालेको दिन युद्ध जितेको अनुभुति हुन्थ्यो : थानेश्वर सापकोटा अबिरल

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाराको निजगढ क्षेत्रको अग्रणी दुग्ध उत्पादक सहकारीका अध्यक्ष हुन्, थानेश्वर सापकोटा । समाजसेवासंगै नेकपा (एमाले) बाट राजनीति गर्दै आएका सापकोटाको दशैं अनुभुती यहाँ प्रस्तुत गर्दैछौं ।

दशैं भन्ने वित्तिकै पिङको बढी याद आउँछ । पिङ हाल्नैका लागि हामीले एक हप्ता समय खर्चिनु पथ्र्यो । त्यसका लागि चाहिने बाबियो र लठ्ठाको जोहो गर्न हामीलाई हम्मे हम्मे पथ्र्यो ।

हामी विद्यालय छुट्टी भएपछि बाबियो काट्न पहाडतिर जान्थ्यौं । घरबाट विहानै बोत्तलमा पानी र मकै, रोटी बोकेर जान्थ्यौं । दिउँसो १ बजेतिर मात्रै फर्किन्थ्यौं । धेरै साथीहरु हुदाँ रमाईलो पनि हुन्थ्यो ।

त्यसैगरि सालको रुख काटेर त्यसलाई काँधमा हालेर जंगलबाट गाँउसम्म ल्याउनु पथ्र्यो । हामीले ल्याएका बाबियो राती अबेरसम्म बसेर गाउँका अग्रजहरुले बाटिदिनुहुन्थ्यो । उहाँहरुकै सहयोगले पिङ ठडिन्थ्यो । त्यो दिन हामीले युद्ध जितेका अनुभव गरिन्थ्यो ।

दशैसंग जोडिएका विभिन्न पाटोहरु छन्, जुन बाल्यकालमा हामीले अनुभव गर्न पायौं । अहिले न त हामीले त्यसरी मनाउँछौं न त नयाँ पुस्ताले । बाल्यकालको जस्तो रौनक अब नहुने रहेछ, जिम्मेवारीको बोझले थिचेपछि रमाईलो पलहरु अब सम्झनामा मात्र रहने रहेछ ।

nijgadh-supermart-adz1200-630