skip this farak Kura Pravakar

निजगढकी धनमायाकाे संयोजकत्वमा अनेम संघ (क्रान्तिकारी) बारा गठन

1.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बारा जिल्ला समन्वय समितिको जिल्ला भेला सम्पन्न भएको छ। २०८२ साउन २८ गते कलैया उद्योग वाणिज्य संघको सभाहलमा आयोजित भेलाले निजगढकी धनमाया लामाको संयोजकत्वमा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको सहसंयोजकमा मिना सिंह र सचिवमा पार्वती फौजदार चयन भएका छन्।

भेलामा नेकपा (माओवादी केन्द्र) बारा पार्टी जिल्ला इन्चार्ज अनिल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी केन्द्रीय सदस्य गीता कडेल, राजन पौडेल, शिला खनाल, प्रदेश समिति सदस्य प्रभु यादव, रबिराज दंगाल, दिप पराजुली, जबस मोर्चाका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरू, बाराका १६ पालिकाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला अध्यक्ष शोभा कार्कीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन निजगढ नगर कार्यपालिका सदस्य मैयाकुमारी सुनार अरुणाले गरेकी थिईन् ।

nijgadh-supermart-adz1200-630