skip this

एमाले वडाध्यक्षका उम्मेदवार जोशी स्थानीयको नियन्त्रणमा, पैसा बाँडेको आरोप

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।बेसीशहर नगरपालिका(११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेको भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो ।

जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएको स्थानीय अनिता सेढाईले बताइन् ।जोशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घटनाबारे बुझ्‍न प्रहरीलाई भनिएको छ ।

nijgadh-supermart-adz1200-630