निजगढका समाजसेवी दिनानाथ साहद्वारा १०९ जना छठ ब्रतालुलाई सारी वितरण
वि.सं.२०८२ कात्तिक ८ शनिवार २०:५७

बारा- छठ पर्वको अवसरमा निजगढका समाजसेवी तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ–१० लालका प्रधानाध्यापक दिनानाथ साहले विभिन्न स्थानका छठ ब्रतालु आमा दिदीबहिनीहरुलाई सहयोगस्वरूप १०९ वटा सारी वितरण गर्ने घोषणा गरेका छन् ।
साहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार एक स्टाटस लेख्दै छठ पर्वमा गरिब र असहाय महिलाहरुलाई सहयोगस्वरूप सारी वितरण गर्ने बताएका थिए । । उनले इच्छुक महिलाहरुलाई ६ दिनभित्र आफ्नो मोबाइलमा सम्पर्क गर्न आग्रह समेत गरेका थिए ।
साहले ब्रतालुहरुको नाम र ठेगाना गोप्य राख्दै आफ्नै व्यक्तिगत लगानीमा सहयोग वितरण गर्ने तयारी गरेको जनाएका छन् ।

यसअघि पनि समाजसेवी साहले अविरल वर्षाका कारण यातायात अवरुद्ध हुँदा निजगढ आसपासका सडक क्षेत्रमा अलपत्र परेका यात्रुहरुको लागि निःशुल्क भोजन र आवासको व्यवस्था गरेका थिए ।
साहको यो पहलले सामाजिक उत्तरदायित्वप्रतिको उनको प्रतिबद्धता झल्काएको स्थानीयवासीले बताएका छन् ।
वि.सं.२०८२ कात्तिक ८ शनिवार २०:५७

















