skip this farak Kura Pravakar

निजगढ ८ को न्यू हिमाल यूवा क्लब रतनपुर गोल्डकपको फाईनल प्रवेश, उपाधिका लागि आयोजनसंग भिड्ने

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ ८ को न्यू हिमाल यूवा क्लब बाराको निजगढ नगरपालिका–११ मा जारी चौथो रतनपुरी गोल्डकपको फाईनल प्रवेश प्रवेश गरेको छ ।
निजगढ–१० को यो· स्टार फूटबल क्लबस“ग निर्धारित खेलमा गोलरहित बराबरी खेलेको थियो ।

दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकलिएको थियो । दुवै टिमले ५÷५ गोलको बराबरी खेलेपछि खेलको नतिजाका लागि सडनदेथबाट निकालिएको थियो ।

पहिलो सडनदेथमा समेत दुवै टिमले बराबरी गोल गरेपछि यो· स्टारलाई पछि पार्दै न्यू हिमाल यूवा क्लब फाईनल प्रवेश गरेको हो । न्यू हिमाल यूवा क्लबका गोल रक्षक कुशल गिरी म्यान अफ द म्याच घोषित भएका छन् ।

न्यू हिमाल यूवा क्लबका गोल रक्षक कुशल गिरी म्यान अफ द म्याचको ट्रफि प्रदान गर्दै निजगढ वडा नं. १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले । साथमा वडा नं. ११ का अध्यक्ष सहईया गुरो र आयोजक क्लबका अध्यक्ष सन्तोष कुमार दनवार । तस्वीर सौजन्य: नमुना खबर टिभी

प्रतियोगिताको कार्तिक १० गते दिउँसो फाईनल खेल हुनेछ । शनिबारको खेल जितेसँगै न्यू हिमालले उपाधि भिडन्तका लागि आयोजकसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा फ्रेन्डस युवा क्लब बकुलियाई पराजित गर्दै आयोजक फाईनलमा प्रवेश गरेको थियो ।

फाईनलको यात्रा सुरक्षित गर्ने क्रममा आयोजकले बकुलियालाई ५ ० ले पराजित गरेको थियो । प्रतियोगिता अन्र्तगत आयाृजक रतनपुर युनाईटेडका कप्तान अशालाल कुवर म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको विजेता टिमले एक लाख र उप बिजेताले ५० हजार रुपैया प्राप्त गर्नेछन् ।
असोज ३१ गतेदेखि सञ्चालन भईरहेको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।

nera mabi laal
nijgadh-supermart-adz1200-630