निजगढ–१० लालस्थित नेरामाविका प्रधानाध्यापक साहको निजी लगानीमा २५ जनालाई कम्बल वितरण
वि.सं.२०८२ पुस १७ बिहीवार ११:५९

बारा–निजगढ–१० लालस्थित नेरामाविका प्रधानाध्यापक दिनानाथ साहले आफ्नै निजी लगानीमा गरिब तथा असहाय नागरिकहरूलाई न्यानो कम्बल वितरण गरेका छन्। चिसो मौसम बढ्दै गएसँगै उनले २५ जना विपन्न तथा असहाय व्यक्तिहरूलाई कम्बल वितरण गरेका हुन्।
शिक्षणसँगै सामाजिक सेवामा सक्रिय साहले निःशुल्क रूपमा कम्बल लिन इच्छुक गरिब तथा असहाय २५ जनाले मोबाइल नम्बर ९८५५०२९२३१ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएका थिए ।
यसअघि यसै वर्ष छठ पर्वको अवसरमा उनले विभिन्न स्थानका छठ व्रतालु आमा तथा दिदीबहिनीहरूको नाम र ठेगाना गोप्य राख्दै १०९ थान साडी आफ्नै खर्चमा सहयोग गरेका थिए ।
त्यस्तै, चन्द्रनगर गाउँपालिका वडा नं। २ मा छठ व्रत बसेका अति आवश्यक अवस्थामा रहेका १० जना व्रतालुहरूलाई सुती साडी समेत वितरण गरेका थिए ।
धार्मिक तथा सांस्कृतिक पर्वलाई लक्षित गरी गरिएको यो सहयोग स्थानीय स्तरमा प्रशंसनीय बनेको थियो ।
वि.सं.२०८२ पुस १७ बिहीवार ११:५९

















