skip this

आज प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र राजेन्द्र लिङ्देनबीच छलफल

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सत्ता साझेदार नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा छलफल गरेका छन्।एमालेका अध्यक्ष ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन्।

सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन्।नागरिकता पुनःप्राप्ति गरेका रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने बताएका थिए।प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन्।

nijgadh-supermart-adz1200-630