skip this

हुलास स्टीलमा चालकको मृत्यु प्रकरण : मृतकको परिवारलाई क्षतिपूर्ति प्रदान

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा–१ सिमरास्थित हुलास स्टीलमा बुधबार मृत्यु भएका सवारी चालकको परिवारलाई क्षतिपूर्ति र रोजगारी दिने सहमति भएको छ ।

उद्योगमा काम गर्ने क्रममा क्रेनको हुक चुडिएर लाग्दा वीरगन्ज महानगरपालिका १४ पिप्राका ४५ वर्षीय वीरेन्द्र राउत कुर्मीको आफैले चलाएको क्रेनको हुक चुडिएर मृत्यु भएको थियो ।

कुर्मीको वीरगन्जस्थित स्पर्श अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कुर्मी करिब ३० वर्षदेखि उद्योगमा कार्यरत थिए ।

nijgadh-supermart-adz1200-630