skip this

निजगढ–चपुर जङ्गल क्षेत्रमा प्राविधिक समस्या आएपछि निजगढ क्षेत्रमा विद्युत सेवा अवरुद्ध

129 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-चन्द्रनिगाहापुर (चपुर)–निजगढ ३३ केभी प्रशारण लाइन अन्तर्गत निजगढ–चपुर जङ्गल क्षेत्रमा प्राविधिक समस्या (लाइन लुप/फल्ट) उत्पन्न भएपछि निजगढ आसपासका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

नेपाल विद्युत प्राधिकरण, सिमरा वितरण केन्द्र अन्तर्गत निजगढ उप-वितरण केन्द्रले बिहीबार जारी गरेको सूचनाअनुसार समस्या समाधानका लागि प्राविधिक टोली तत्कालै परिचालन गरिएको छ। तर, रातिको समयमा राष्ट्रिय निकुञ्ज तथा जङ्गल क्षेत्रमा जङ्गली जनावरको सम्भावित जोखिमका कारण टोलीलाई भित्री जङ्गल क्षेत्रमा गस्ती तथा मर्मत कार्य गर्न कठिनाइ भइरहेको जनाइएको छ ।

प्राधिकरणका अनुसार यदि समस्या राजमार्ग आसपास रुख वा हाँगाका कारण भएको पाइएमा आजै रातिसम्म मर्मत सम्पन्न गरी विद्युत सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। तर, यदि फल्ट जङ्गलको भित्री भागमा रहेको पुष्टि भएमा सुरक्षाका कारण रातिको समयमा मर्मत सम्भव नहुने भएकाले शुक्रबार बिहानदेखि मर्मत कार्य गरी लाइन पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

विद्युत सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति निजगढ उप-वितरण केन्द्रले क्षमायाचना गर्दै समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर खटिएको जनाएको छ।

nijgadh-supermart-adz1200-630