निजगढका ४१ वर्षीय गोपाल श्रेष्ठ सम्पर्कविहीन
वि.सं.२०८३ साउन २५ सोमवार १८:४७

निजगढ– बाराको निजगढ नगरपालिका-७, लच्काका ४१ वर्षीय गोपाल श्रेष्ठ साउन २३ गते शनिबारदेखि सम्पर्कविहीन भएका छन्।
पारिवारिक स्रोतका अनुसार श्रेष्ठ साउन २३ गते बिहान करिब १० बजेको समयमा घरपरिवारका कुनै सदस्यलाई जानकारी नदिई घरबाट निस्किएका थिए। त्यसयता उनी घर नफर्किएको र परिवारसँग कुनै सम्पर्कसमेत नभएको बताइएको छ।
श्रेष्ठका भिनाजु दिपक श्रेष्ठका अनुसार उनलाई अन्तिम पटक चन्द्रपुर (चपुर) क्षेत्रमा देखिएको थियो। त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
परिवारले गोपाल श्रेष्ठलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन आग्रह गरेको छ।
सम्पर्कविहीन व्यक्तिको खोजीका लागि सूचना प्राप्त भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन परिवारले अनुरोध गरेको छ।
वि.सं.२०८३ साउन २५ सोमवार १८:४७

















