सेवाग्राहीसँग ७ हजार ४ सय घुँस लिएको मिडियामा सार्वजनिक भएसँगै जीतपुरसिमराका कर्मचारी भए बर्खास्त
वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३७

बारा–बाराको जीतपुरसिमराका एक कर्मचारी सेवा सेवाग्राहीसँग ७ हजार ४ सय घुँस लिएको विषय मिडियामा सार्वजनिक भएसँगै बर्खास्त भएका छन् ।
जीतपुरका व्यवसायिसँग व्यवसाय बन्द गर्नको लागि रसिद रकम भन्दा ७ हजार ५ सय बढी रकम लिएको विषयमा जानकारी नेपालका सञ्चारकर्मी एसएस पटेलले रिपोटिङ्ग गरेका थिए ।
व्यवसाय बन्द गर्न आन्तरिक राजश्व कार्यालय पुगेका व्यवसायि…लाई कार्यालयले स्थानीय तहमा रहेको व्यवसाय दर्ता बन्द गरेर आउन भनेपछि बुधबार जीतपुरसिमरा उपमहानगरपालिका पुग्छन् । त्यहाँ २२ हजार बढी राजश्व तिर्नुपर्ने देखिन्छ ।
त्यसपछि उनी व्यवसाय दर्ता फाँटमा पुग्छन् । त्यहाँ कार्यरत कर्मचारी अनिल विश्वकर्माले कम रकमकै मिलाई दिने भन्दै १७ हजार लिए । त्यो दिन उनले सिस्टम नचलेको भन्दै रसिद दिईएनन् ।
भोलीपल्ट विहीबार विहान टेलिफोन गरेर बुझ्दा अनिलले काम भईसकेको भन्दै रसिद लिन आउँन भन्छन् । १७ हजार बुझाएकोमा रसिद भने ९ हजार ६ सयको मात्रै थियो । रकम बमोजिमको रसिद नपाएको बारेमा बुझ्न पुनः उनी अनिलकोमा पुग्छन्, उनले जवाफ पाउँछन्–राजश्व बढी तिर्नुपर्ने अवस्थामा त्यसलाई कममा मिलाउँदा यहाँ मिलाउनमा बाँकी रकम खर्च भयो ।
कर्मचारीले ठगेको महसुस गरेपछि उनले मिडिया गुहाएका थिए ।
सार्वजनिक भिडियोमा विश्वकर्माले आफुबाट गल्ती भएको स्विकार गरेका छन् । उनले सेवाग्राहीसँग लिएको रसिद बाहेकको रकम फिर्ता गरेका छन् ।
विश्वकर्मा बर्खास्त
घुस प्रकरणबारे समाचार बाहिर आएपछि उपमहानगरपालिकाले कर्मचार विश्वकर्मालाई सेवाबाट हटाएको जनाएको छ ।
उपमहानगरपालिकाको अफिसियल फेसबुक पेजबाट स्टाटस् लेखेर नगरपालिकाको निर्णय अनुसार विश्वकर्मालाई सेवाबाट हटाएको जनाईएको छ ।
उपमहानगरपालिकाले स्टाटस् लेखेर कर्मचारी बर्खात गरेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिकृया आएको छ ।
उपमहानगरको एक्सनको प्रशंसा गरेका छन् भने केहीले विधि र प्रकृया नपु¥याएको बताएका छन् ।
स्थानीय राजु पौडेल टिप्पणी गर्छन्–देशकै प्रमुख प्रधानमन्त्रीले फेसबुकबाट देश चलाउदा चुइँक्क नबोल्ने साथीहरू हाम्रो नगरको एउटा निर्णय फेसबुकबाट आउँदा ल्यटरप्याड खोज्दैछन् ।
वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३७
















