मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
वि.सं.२०७९ जेठ २३ सोमवार ०९:४१
864
shares

काठमाडौं । आइतबार साँझ मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । सोही मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङकै सुनवर्सी नगरपालिका–९ का २४ वर्षीय राजकुमार शर्माको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको जनाइएको छ ।मोटरसाइकलमा पछाडि सवार भारतीय नागरिक २२ वर्षीय किसनकुमजार कामतको सोही अस्पतालमा उपचार भइरहेको छ ।
वि.सं.२०७९ जेठ २३ सोमवार ०९:४१
















