skip this farak Kura Pravakar

मोबाईलको कभरभित्र लागुपदार्थ ! अम्लेखगञ्जबाट पक्राउ परे दुई जना

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– लागुपदार्थको अवैध ओसार पसारका घटना नौलो होईन् तर कारोबारमा संलग्नले निकाल्ने जुक्ति भने अनेक हुने गरेको छ ।
बाराको अम्मलेखगञ्जबाट प्रहरीले यस्तै एउटा नयाँ जुक्तिका साथ पैठारी भईरहेको अवस्थामा लागुपदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

जितपुरसिमरा–२२ स्थित ३ नम्बर पुल नजिकमार्ग सडक खण्डमा राति ८ बजेतिर हेटौडा तर्फबाट अम्लेखगञ्जतर्फ जाने उद्देश्यले आएको ना ३५ प ४९४९ नम्बरको मोटरसाईकल चेकजाँच ग¥यो ।

मोटरसाईकलमा हेटौडा–७ कमाने ४३ वर्षिय बिर बहादुर तामाङ चलाएका थिए भने पछाडी सवार २४ वर्षिय धिरज विश्वकर्मा । धिरजको मोबाईलको कभरभित्र सानो ३ वटा प्लाटिकको प्याकेटमा लागुऔषध एम्फेटामिन जस्तो देखिने सेतो पदार्थ २ ग्राम र बिर बहादुर तामाङको खल्तीमा सानो प्लाष्टिकको २ वटा प्याकेटमा लागुऔषध एपबेटामाइन जस्तो देखिने सेतो पदार्थ ३ ग्राम गरी ५ ग्राम फेला परेको छ ।

बरामद लागुऔषधसहित उनीहरुलाई बारा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखि थप अनुसन्धान ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

nijgadh-supermart-adz1200-630