skip this

निजगढका पशुमा घातक लम्पी स्किन रोग ! बागदेव सहकारीको पहलमा किसानलाई सचेतना

2.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा पशुहरुमा लाग्ने घातक रोग लम्पी स्किन देखा परेको छ ।

निजगढ नगपालिका वाड न. ११ रतनपुर मा पशुमा लाग्ने लम्पी स्किन नामक नयाँ सरुवा रोग देखा परेको हो ।

त्यहाँका केही पशुहरुमा देखा परेको यो रोग हालै मात्र मकवानपुर जिल्लाका कतिपय क्षेत्रमा देखा परेको थियो ।

निजगढमा रोग देखा परेसंगै सचेतना अपनाईएको छ । अत्यन्तै घातक रोग सरुवा रोग भएकोले रोग पत्ता लाग्ने वित्तिकै रोगको रोकथाम र उपचारका लागि किसानलाई सचेत बनाईएको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले जानकारी दिए ।

सचेतना कार्यक्रम सम्पन्न

रोगबारे किसानलाई सचेत बनाउन बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले सचेतना कार्यक्रम गरेको छ ।

दुग्ध उत्पादक सहकारी सस्था लि.को आयोजना र निजगढ नगरपालिका पशुसेवा शाखाको सहकार्य तथा भास्कर हर्वास्वट्कल प्रा.लि. वीरगञ्जको सहयोगमा सचेतना कार्यक्रम गरिएको छ ।


कार्यक्रममा सहभागिलाई भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र बाराका कार्यलय प्रमुख रामकिसोर शाह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका कार्यालय प्रमुख डा.हेमचन्द्र जैसवाल, भेटेनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र अधिकृत छैठौ अनिल गुप्ता, पशु सेवा शाखा निजगढ प्रमुख युगल किशोर सिंह, भास्कर हर्वास्वटिकल प्रा.लि.वीरगञ्जका कन्ट्रि म्यानेजर रामु रजक, बजार प्रतिनिधि राजेश शाह लगायतले प्रशिक्षण दिएका थिए ।

nijgadh-supermart-adz1200-630