skip this

यि फलफूल र तरकारी खाँदा कपाललाई फाइदा

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। कपाल बढाउनुमा हाम्रो खानपानले पनि मूख्य भुमिका खेल्ने गर्दछ । हाम्रो कपालको विकासका लागि फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरपूर खानेकुरा फाइदाजनक हुन्छ। त्यसमा धेरै भिटामिन र खनिजहरू हुनेभएकोले जुन कपालको वृद्धि तथा विकासमा मद्दत मिल्छ, हामीलाई थाहा हुनुपर्छ कि यी सबै कुन खाना र फलफूलबाट लिन सकिन्छ।

भिटामिनले हाम्रो समग्र स्वास्थ्यलाई व्यवस्थित गर्छ बी भिटामिनले चिनीको स्तरलाई सन्तुलनमा राखेर कपालको वृद्धिलाई बढावा दिन सक्छ, मेटाबोलिक प्रक्रियामा सुधार गर्छ, यसले रक्त प्रवाहलाई पनि सुधार गर्छ। कतिपय फलफूल र तरकारीहरू यस्ता छन् जसले कपालको वृद्धि बढाउन प्रभावकारी रूपमा काम गर्न सक्छ। जस्तै, एभोकाडो यस्तो फल हो जसमा ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, फाइबर र भिटामिन ई र बी को ठूलो स्रोत हुनेगर्दछ।

एभोकाडोमा पाइने ओमेगा–३ फ्याटी एसिडले कपालको स्क्याल्पलाई पोषण दिन्छ र कपाललाई बलियो र चम्किलो बनाउन मद्दत गर्छ। एभोकाडोमा एन्टी–इन्फ्लेमेटरी गुण पनि हुन्छ जसले टाउकोमा रक्तसञ्चार बढाउँछ । पालक एउटा यस्तो गाढा हरियो पात जस्तो तरकारी हो जुन भिटामिन ए, भिटामिन सी, बीटा क्यारोटिन, आइरन र फोलेट जस्ता अद्भुत पोषक तत्वहरूले भरिपूर्ण हुन्छ। यी सबै पोषक तत्वहरूले भित्रबाट रक्तसञ्चार सुधार गरेर टाउकोको पोषण गर्न एकसाथ काम गर्छन्। पालक काँचो खानु यसको पोषक तत्व प्राप्त गर्ने उत्तम उपाय हो सुन्तला, कागती र अंगूर जस्ता सिट्रस फलहरू भिटामिन सी का उत्कृष्ट स्रोतहरु हुन्। नियमित रूपमा यी फलफूल खाँदा हाम्रो शरीरमा कोलाजेन उत्पादन गर्नमा मद्दत पुग्छ ।

कोलेजनले कपाललाई बलियो बनाउँछ र कपालको वृद्धिलाई बढावा दिन टाउकोमा रक्तसञ्चार सुधार गर्छ। भिटामिन सीले हाम्रो शरीरबाट फ्री रेडिकलहरू पनि हटाउँछ। यसैगरी गाजर धेरै पौष्टिक तरकारी हो जसमा क्यालोरी कम हुन्छ र पानी र फाइबर धेरै हुन्छ। गाजरमा पाइने भिटामिन ए ले कपालको वृद्धि गर्न मद्दत गर्छ । यस्ता, फलाम र बायोटिन को एक उत्कृष्ट स्रोत हो। यी सबै पोषक तत्वहरूले कपालको वृद्धिलाई बढावा दिन्छ र कपालको समयपूर्व सेतो हुनबाट रोक्न मद्दत गर्दछ।

nijgadh-supermart-adz1200-630