skip this

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

1.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो।

वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो। उपनिर्वाचन चितवन २, तनहुँ १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुँदैछ। चितवन– २ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

त्यस्तै बारा– २ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।यस्तै, तनहुँ– १ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

nijgadh-supermart-adz1200-630