skip this yams_Max_Hospital.jpeg

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं :  माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सात शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
गोरखाको पालुङटार नगरपालिका-६, काठमाडौंको कीर्तिपुर, नुवाकोटको लिखु गाउँपालिका-२ स्थित थानसिंह, चितवनको रत्ननगर नगरपालिका-५ स्थित जुवाली, चितवनकै रत्ननगर नगरपालिका-१६ स्थित खैरेटी, कपिलवस्तुको शिवराज नगरपालिका-३ स्थित खरेन्द्रपुर र सिराहाको सुखिपुर नगरपालिका-२ मा गरी कुल सात स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
  बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
   देशका विभिन्न स्थानमा सात शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १७२ पुगेको छ ।
   ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

nijgadh-supermart-adz1200-630