skip this farak Kura Pravakar

नेपालमा विवाह गरेर अमेरिका पुगेका २६ वर्षिय सुमनकाे मृत्युु

516 shares
oil-nigam-amlekhgunj-adv.jpeg

अमेरिका : अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका  २६ बर्षीय सुमन पोख्रेलको निधन भएको छ ।
  उनको मृत्युपछि क्यालिफोर्नियाको दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले दाह संस्कार गर्नका लागि खर्च जुटाउनगो फण्ड मीमा खाता खोलेको छ ।
    दि ह्वाइट जोन क्यालिफोर्नियाका अनुसार  पोख्रेल विगत ४ बर्ष देखि रिचमण्ड क्यालिफोर्नियामा बस्दै आएका थिए ।
   उनलाई गत शनिबार सेप्टेम्बर ४ का दिन अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको जनाइएको छ ।
   उनी गत बर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । गत सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । १३ घण्टा अगाडी खोलिएको उक्त खातामा ५ सेप्टेम्बर ,बिहान ६:३० (डिसी को समय अनुसार ) बजे सम्म करिव १८ हजार  डलर संकलन भै सकेको छ ।

nijgadh-supermart-adz1200-630