घट्यो सुनको मूल्य
वि.सं.२०७८ कात्तिक २४ बुधवार ११:००
1.45K
shares

काठमाडौं : आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँको गिरावट आएको बताएको हो । महासंघले आजलाई छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ८०० रुपैयाँ तोकेको छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५०० रस तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । हिजो तिहारपछि पहिलो कारोबार दिनका रुपमा खुलेको सुनचाँदी बजारमा सुनको मूल्य एकैपटक १५ सय रुपैयाँले बढेको थियो ।
यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासंघले बताएको छ ।
वि.सं.२०७८ कात्तिक २४ बुधवार ११:००

















