ट्रक र बस ठोकिँदा मकवानपुरमा २ जनाको मृत्यु
वि.सं.२०७८ कात्तिक २४ बुधवार १०:५६

मकवानपुर : मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ना ७ ख ८७६ नम्वरको रात्री बस चालक चन्द्रागिरी नगरपालिका वडा नम्वर २ बस्ने २९ वर्षीय सरोज परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
अर्का एक जनाको भने हाल सनाखत हुन नसकेको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । यस्तै, सोही दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १५ जनाको चुरेहिल अस्पतालमा र ३ जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश-२-०३०१ख ५०३५ नंको ट्रकले मंगलबार राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।
वि.सं.२०७८ कात्तिक २४ बुधवार १०:५६

















