skip this

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर लिलामी खुल्यो

948 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबारदेखि २० हजार कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १४५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद भदौ १७ गतेसम्म रहेको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा बुझाउन सकिनेछ ।

nijgadh-supermart-adz1200-630