skip this

आजको फलफूल तथा हरियो तरकारीको मूल्य

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभँेडा सानो प्रतिकेजी ५० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ५०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ५६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

बजारमा आज गाजर प्रतिकेजी १२०, मूला सेतो लोकल ९०, घिउ सिमी लोकल ६०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ९०, तितो करेला ७०, लौका ३०, परवल लोकल ४०, हरियो फर्सी ४०, घिरौला ३० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३८०, कन्य च्याउ २२०, कुरीलो ४५०, ब्रोकाउली ३००, भिण्डी ३०, रायो साग ८०, तोरीको साग ५०, हरियो प्याज १५०, काँक्रो लोकल १२० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

फलफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ २५०, अनार ३५०, अंगुर कालो ४५०, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा १००, आभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

nijgadh-supermart-adz1200-630