निजगढ महिला साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० पुस २७ शुक्रवार १७:४२

बारा–बाराको निजगढ–८ स्थित निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
निजगढ पार्टी प्यालेसमा आयोजना भएको साधारण सभाको बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्चुतप्रसाद मैनालीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेश सांसद त्रिलोकीप्रसाद चौधरी, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ्ग, निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख लिलादेवी लामिछाने खनाल, निजगढ नगर सहकारी सञ्जालका संयोजक एवं सगरमाथा साकोसका अध्यक्ष भोलाप्रसाद गौतम, लोकप्रिय साकोसका अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सेवा शुभारम्भ साकोसका अध्यक्ष मणिश्वर घिमिरे, अवतार साकोसका अध्यक्ष अजय लामा, तरकारी तथा फलफुल कृषि सहकारी संस्थाकी उपाध्यक्ष चन्द्रिका मगर, समुन्नत बहुउद्देश्यीय साकोसका अध्यक्ष कल्पना खरेलको आतिथ्यता रहेको थियो ।
त्यस्तै सरल साकोसका अध्यक्ष गोरख बहादुर खड्का, महिला विकास संस्थाकी सचिव अन्जु नेपाली, युथ अफ निजगढका अध्यक्ष उषा लामा मोक्तानको आतिथ्यता रहेको थियो ।
संस्थाकी अध्यक्ष शोभा राउतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य तीलकुमारी थापा, सञ्चालन ललिता सापकोटाले गरेकी थिईन् ।
कार्यक्रममा सञ्चालक समितिको वार्षिक प्रतिवेदन अध्यक्ष राउतले प्रस्तुत गरेकी थिईन् । त्यसैगरि लेखा प्रतिवेदन लेखा समिति संयोजक दिपा ढकालले र आर्थिक प्रतिवेदन किरण श्रेष्ठले प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमको अवसरमा विभिन्न विद्यामा सदस्यहरुलाई सम्मान गरिएको थियो । जस अनुसार उत्कृष्ट बृद्ध बचत सम्मान नन्दमाया बजगाई, उत्कृष्ट महिला बचततर्फ ईन्द्रमाया मोक्तान, उत्कृष्ट दैनिक बचततर्फ कल्पना सुनार, असल ऋणीतर्फ सुनिता मैनाली र उत्कृष्ट बाल बचततर्फ जेशिका तिमल्सिनालाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट कर्मचारी वर्ष २०७९ बाट लेखापाल एलिना चौलागाईलाई सम्मान गरिएको थियो ।

वि.सं.२०८० पुस २७ शुक्रवार १७:४२