skip this

निजगढ नगरस्तरिय राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरस्तरिय तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

निजगढ–९ स्थित शहीद हिरालाल रङ्गशालामा बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्चुतप्रसाद मैनालीले प्रतियोगिता उद्घाटन समारोहको गमलामा रहेको फूलमा जलशेरचन गरेका उद्घाटन गरेका छन् ।

 

उद्घाटन समारोहमा सांसद मैनाली, मधेस प्रदेश सांसद त्रिलोकीप्रसाद चौधरी, मिनाकुमार लामा, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ्ग, निजगढ नगरपालिकाकी पूर्व मेयर सुरेश खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा, पूर्व उपमेयर लिलादेवी लामिछाने खनाल, निजगढ नगरपालिकाका वडा अध्यक्ष सुर्य बहादुर थापा, स्वर्ण लामा, रामचन्द्र कटुवाल, कार्यपालिका सदस्य सर्मिला सुनार, मिना चौरेल, मनमाया तामाङ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का अध्यक्ष रविकुमार बर्तौला, प्रधानाध्यपक बन्द्रिनारायण झा, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका अध्यक्ष थानेश्वर सापकोटा, प्रधानाध्यपक यादवकुमार तिमल्सिना, सार्वजनिक माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ १० लालका प्रधानाध्यापक दिनानाथ साह, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ ११ रतनपुरका प्रधानाध्यापक ईन्द्रदेव यादव, नेत्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलबहादुर अस्थानी मगर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पुरानो निजगढका प्रधानाध्यापक बासुदेव गौतम, बारा जिल्ला तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा नन्दुलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि नेपाली कांग्रेस निजगढ नगर सचिव मधु तिमल्सिना, नेकपा (एमाले) निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, नेकपा (एकीकृत समाजवादी) निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर सभापति रामहरी खरेल, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुर लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाका मेयर पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले सञ्चालन र नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नृत्यमार्फत गौरीशंकर माध्यमिक विद्यालय निजगढ–८ का विद्यार्थीले स्वागत गरेका थिए ।

https://www.facebook.com/faraknepalofficial/videos/1410093392915863

nijgadh-supermart-adz1200-630