शिक्षामा चाहेको काम गर्न बजेटका कमी हुँदैन –शिक्षामन्त्री पौडेल
वि.सं.२०७८ चैत २४ बिहीवार १०:४८

,काठमाडौँ । शिक्षामा चाहेको काम गर्न बजेटका कमी नहुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताउनुभएको छ । उपत्यकाका शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तह, शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग मंगलबार भएको अन्तरक्रियामा मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– ‘तत्काल नयाँ शिक्षक ल्याउन सकिने अवस्था हुँदैन । भइरहेका शिक्षकलाई प्रोत्साहित गरी अघि बढ्दै नयाँ शिक्षकलाई भित्र्याउने बताउनु भएको छ ।
सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरक्रियामा उहाँले शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरूको भएको बताउँदै सामुदायिक विद्यालय सुर्धान सामूहिक संकल्पको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘राज्यको जोड र ध्यान सार्वजनिक विद्यालय सुधार्नेतिर रहेको छ । शिक्षामा सुधारका लागि सरोकारवाला पक्षहरू पनि प्रयासरत् रहनुपर्छ ।’ भूकम्प प्राधिकरण एवम् राष्ट्रपति शैक्षिक सुधारबाट विद्यालयको भौतिक पूर्वाधार बनिरहेको बताउँदै उहाँले शिक्षालाई गुणस्तरीय बनाउनु अहिलेको प्रमुख मुद्दा रहेको बताउनुभयो ।
वि.सं.२०७८ चैत २४ बिहीवार १०:४८
















