skip this

गाडी नचल्ने ठाउँमा उम्मेदवारले ४ वटा घोडा प्रयोग गर्न पाउने, विदेशी नम्बर प्लेटको सवारी साधन निषेध

हेलिकोप्टर प्रयोगबारे के छ आचारसंहितामा  ?

2.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बनाएको आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ।

आयोगले बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा उल्लेख गरिएको छ ।

निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न पाइनेछ ।

राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको सङ्ख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नु पर्ने पनि आचारसंहितामा भनिएको छ । तर सवारी साधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पाइने छैन। यस्तै एउटा राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न नपाइने आचारसंहितामा भनिएको छ ।

त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा भने चारवटा घोडा प्रयोग गर्न सक्ने आयोगले जनाएको छ ।

हेलिकोप्टर प्रयोगबारे के छ आचारसंहितामा  ?

आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्नेछन् । राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्द सूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नु पर्ने छ ।

यस्तै निर्वाचन खर्चको सीमाभित्र रही सम्बन्धित उम्मेदवारको खर्च शीर्षकमा समावेश गरी गर्नु पर्नेछ । ‘सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनु पर्ने, तर सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिँदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन’, आचारसंहितामा भनिएको छ ।

nijgadh-supermart-adz1200-630