skip this farak Kura Pravakar

विवादित ईन्जिनियरप्रति जीतपुरसिमराको एक्सन ! जिम्मेवारीबाट ‘आउट’ भए यादव

के छ आरोप ?

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–एकपछि अर्को विवादमा मुछिदै आएका एक ईन्जिनियरमाथि जीतपुरसिमरा उपमहानगरपालिका एक्सनमा उत्रिएको छ ।

नगरपालिकाले पूर्वाधार शाखा प्रमुख छैटौँ तहका इञ्जिनियर रामनरेश यादवलाई जिम्मेवारीबाट ‘आउट’ गरिएको छ ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले पत्र काटेर ईन्जिनियर यादवलाई प्रमाणहरु नष्ट हुने जोखिम देखिएकाले जिम्मेवारीबाट मुक्त गराइएको जनाइएका छन् ।

उनका अनुसार ईन्जिनियर यादब विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेकाको छ । शाखामा बसी काम गरिरहेमा प्रमाणहरु नष्ट हुने जोखिम देखिएकाले जिम्मेवारीबाट मुक्त गराइएको पत्रमा उल्लेख छ ।

के छ आरोप ?

आयोजना तथा ठेक्काहरु पटक–पटक लापरवाही गरी अलपत्र पारेको गुनासो छ ।

इञ्जिनियर यादवलाई वडा नं २२ को चकरी जाने बाटोको अठोर खोल्छीमा कल्भर्ट निर्माणमा लापरवाही गरेको आरोप छ ।

त्यसैगरि शान्ता पेट्रोल पम्प अगाडिदेखि निशा विकको घरसम्म जाने बाटो ढलान गर्नुपर्नेमा जंगलमा बाटो स्टिमेट गरी अन्यत्र काम गराएको आरोप लागेको छ ।

त्यसैगरी वडा नं २१ मा खानेपानी योजनाको सामान सप्लाइ गर्ने सम्बन्धमा कार्यालयले ठेक्का आह्वान गरी मिसु ट्रेडिंग चितवनसँग सम्झौता भई २०७९ मंसिरमा म्याद समाप्त भईसकेको र हालसम्म पनि सामान पूरा सप्लाइ नगरी योजना अलपत्र पारेको ठेकेदार कम्पनीलाई कारवाही नगरेको, ठेकेदारसँग ठेक्का तोड्ने, कालोसूचीमा राख्ने, धरौटी जफत गर्ने काम नगरेको यादवमाथि आरोप रहेको छ ।

यस्तै इञ्जिनियर यादवले उपमहानगर कार्यालयको परिषरभित्र बनेको चमेनागृह तथा सभाहल निर्माणलगायतका अन्य आयोजनाका विषयमा कार्यालयको स्पष्टीकरण मागपत्रसमेत नबुझेको नगरपालिका कार्यालयले जनाएको छ ।

nijgadh-supermart-adz1200-630