skip this

वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा.रिजालको शब्द रचना र मनोहर सुनामको सङ्गीतमा रहेको गीत “धन्य धन्य स्वास्थ्य सेविका” सार्वजनिक

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालको शब्द रचना र मनोहर सुनामको सङ्गीतमा रहेको गीत “धन्य धन्य स्वास्थ्य सेविका” को भिडिओ रिलिज भएको छ ।

भिडिओ डा. रिजालकै अफिसियल युट्युब च्यानल Bhola Rijal Official बाट सार्वजनिक भएको हो । गीतमा प्रकाश श्रेष्ठ र सङ्गीता प्रधान रानाले स्वर दिएका छन् ।

‘नर्सिङ् पेशाप्रति समर्पित’ यस गीतमा बिरामीहरुको सेवामा अहोरात्र खटिने नर्सहरुको ममता, सेवाभाव, दया, करुणा र त्यागको वयान गर्दै उनीहरुको कामको सम्मान गरिएको छ । गीत तथा भिडिओ यथार्थतामा आधारित रहेको छ ।

वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओमा वीरेन्द्र भाट “विपिन” को निर्देशन, छायांकन र सम्पादन रहेको छ, भने लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन् ।

भिडिओमा मुख्य कलाकारको रुपमा गीतकार डा. भोला रिजाल र गायिका सङ्गीता प्रधान रानालाई देख्न सकिन्छ ।

nijgadh-supermart-adz1200-630