२४ लाख बुस्टरडोज खोप ‘गायब’भएपछि छानविन समिति गठन
वि.सं.२०७८ माघ १६ आइतवार १९:१९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गायबको २४ लाख डोज खोपका विषयमा छानविन गर्न समिति गठन गरेको छ ।
मन्त्रालयका पमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा ५ सदस्य समिति गठन भएको हाे ।
’गत माघ ४ गते संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरेको २४ लाख खोप गायबको बताएका थिए ।
विभिन्न देशबाट नेपाल भित्रिएकोमध्ये करिब २४ लाख डोज बुस्टरडोज खोप ‘गायब’ भएको थियो ।
मन्त्रालयका सचिव डा. पोखरेलले विभिन्न दाताबाट नेपालल प्राप्त गरेको र खरिद गरेकोमध्ये २० देखि २४ लाख डोज खोप लगाएको तथ्याङ्क नभएको बताएका थिए ।
खोप कार्ड नबनाएरै खोप लगाउने गरेको उदाहरणहरु देखिएको उल्लेख गर्दै उनले यसको एकीन विवरण सरकारसँग नभएकोसमेत दाबी गरेका थिए ।
वि.सं.२०७८ माघ १६ आइतवार १९:१९

















