skip this

अनुप योञ्जनको “आत्मा” सार्वजनिक

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पिस ल्याम्प इन्टरटेन्मेन्टको ब्यानर तथा फुल माया स्याङ्ग्दन तामाङ्गद्वारा निर्मित नेपाली छोटो चलचित्र “आत्मा“ स्पिरिट युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।

अनुप योञ्जनको निर्देशकमा तयार भएको चलचित्रमा उज्जल बल तामाङ र सुमन बिकले छायंकन गरेका हुन भने सम्पादन पनि उज्जल बल तामाङ्गको रहेको छ प्रज्वल अधिकारी, सोदिप थापा मगर, अजय थूलुङ, गम्बो लामा, अजय रायमाझी यस चलचित्रका मुख्य कलाकार रहेका छन्।

बिशेष गरि अहिलेका युवा पुस्ताहरुमा देखिएको परिवर्तन र बिकृतिलाई चलचित्रको कथालाई केन्द्रित गरि करिब् १५ मिनेट समयको चलचित्र निर्माण गरिएको निर्देशक योञ्जनले बताए ।

चलचित्रलाई आज पि एल टिभि एचडीको अफिसियल युट्युब च्यानल बाट प्रसारणमा ल्याइएको उक्त छोटो चलचित्रका सहायक निर्देशक गम्बो लामाले जानाकारी दिए ।

nijgadh-supermart-adz1200-630