अमेरिकाबाट एकपछि अर्को गित ल्याउँदै हिमाल सागर, तिमि छौ र पछि भुलिदेउ सार्वजनिक
वि.सं.२०७८ भदौ १० बिहीवार २१:१४
काठमाण्डौं : अमेरिकामा रहेका गायक हिमाल सागरले एक पछि अर्को म्यूनिक भिडियो सार्वजनिक गरिरहेका छन् ।
हिमाल सागरको अमेरिकामै छायांकन गरेर नयाँ गित सार्वजनिक गरिरहेका छन् ।
गायक हिमाल सागरले अमेरिका पुगेर आफ्नै स्वर, शब्द र संगीत रहेको ‘तिमी छौ र’ बोल रहेको एउटा रोमान्टिक गीतको म्यूजिक भिडियो साउन १४ मा सार्वजनिक गरेका थिए ।
‘तिमी छौ र’ सार्वजनिक भएको एक महिना नपुग्दै हिमाल सागरले विहीबार आफ्नै स्वर, संगीतमा समावेश ‘भुलिदेउ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
सेण्टिमेण्टल भर्सनको गीतमा रोहन पौडेल ‘जनक’को शब्द र महेश्वरमान राजभण्डारीको संगीत संयोजन छ । ब्लड क्यान्सरले पीडित प्रेमिका र शंकालु प्रेमीबीचको कथा समेटर म्युजिक भिडियो तयार पारिएको हो ।
अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली फिचर्ड छन् ।
शैलेश घलेको छायांकन रहेको भिडियोमा विष्णु खड्काले सम्पादन र बिक्की पुलामीको निर्देशन छ ।
भिडियो पुर्ण र हिमाल सागरको सयुक्त च्यानल पी एण्ड एच प्रोडक्शनबाट सार्वजनिक गरिएको हो ।
एकादेशको कथाको तयारी
गायक हमालले अर्को गितको तयारीमा जुटिसकेका छन् । ‘एकादेशको कथा’ को एउटा माया प्रेमले बाधिएको गितको म्यूजिक भिडियो सकेका छन् । हिमाल सागरले फेसबुकमा दुई दिन लगाएर अमेरिकाको पिट्सब्रुजमा म्यूजिक भिडियो सुटिङ्ग गरिएको जनाएका छन् ।
विभिन्न लोकप्रिय गितमार्फत लोकप्रिय गायक हिमाल सागर सांगेतिक कार्यक्रमका निम्ति दर्जनौं देश पुगि सकेका छन् । सन् २०१५ देखि अमेरिका आउने–जाने गरेका हिमाल सागरले बताए । फरक नेपालसंग कुरा गर्दैै हिमाल सागरले कार्यक्रमका लागि अमेरिका पुगेको र लकडाउनदेखि अमेरिकामै रहेर सांगेतिक यात्रालाई अघि बढाईरहेको बताएका छन् ।
वि.सं.२०७८ भदौ १० बिहीवार २१:१४