skip this farak Kura Pravakar

प्रदेश २ ट्राफिक प्रहरी आवास भवन पथलैयाकाे शिलान्यास

804 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले बाराकाे पथलैयामा शुक्रबार  प्रदेश २ ट्राफिक प्रहरी आवास भवनकाे शिलान्यास गरेका छन् ।
प्रदेश सरकारकाे ६६ लाख बजेटमा ट्राफिक
प्रहरी उपरीक्षक, ट्राफिक प्रहरी नायव उपरीक्षक र ट्राफिक प्रहरी निरीक्षक आवास निर्माण निर्माण हुन लागेकाे हाे ।
तीन वटा भवनमा दुई-दुई वटा बेड रुम र भान्साकाेठा रहने 
प्रदेश २ न ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा संविधान सभा सदस्य डा. गाेपाल ठाकुर, प्रदेश सभा सदस्य सुन्दर विक, सीता गुरुङ, नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य अनिल श्रेष्ठ, राजन पाैडेल, विजय साह, छाेटेलाल यादब, माओवादी नेता धनबहादुर श्रेष्ठ लगायतको उपस्थित रहेको थियाे ।
भवन निरीक्षण
आवास भवन शिलान्यासपछि मन्त्री साहले प्रदेश ट्राफिक प्रहरी कार्यालय भवनकाे निरीक्षण गरेका छन् । भवन जिर्ण भएकाले मर्मतका लागि ट्राफिक प्रहरी उपरीक्षक श्रेष्ठले मन्त्री साहलाई अनुराेध गरेका थिए ।

nijgadh-supermart-adz1200-630