skip this

फेसन एण्ड मोडल अवार्ड–२०२१ : निजगढकी सजना खतिवडाले जितिन् पपुलर टाइटल अवार्ड

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढ ४ की सजना खतिवडाले प्याजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गरेको फेसन एण्ड मोडल अवार्ड–२०२१ को पपुलर टाइटल अवार्ड (प्रोफेशन बेस) जितेकी छिन् ।
राजधानी काठमाण्डौंमा बुधबार सम्पन्न भएको अवार्ड वितरण कार्यक्रममा व्यूटिसियन खतिवडाले अवार्ड पाएकी हुन् ।
उनलाई राप्रपा केन्द्रीय सदस्य रविन्द्र प्रताप शाहले ट्रफि वितरण गरेका थिए । ब्यूटिसियन नेपाल २०२० की विजेता समेत हुन् ।
नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रको अधिकांश विधामा अवार्ड वितरण गरिएको थियो । अवार्ड वितरण समारोहको काष्टमाण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
अवार्ड वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरू रमेश उप्रेतीको समेत सहभागिता रहेको थियो ।
समारोहमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाइनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देशक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट ग्ल्यामर फोटोग्राफर आदि विधामा अवार्ड प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट मोफसल, उत्कृष्ट किड्स, इन्टरनेशनल मोडल लगायतका विधामा अवार्ड वितरण गरेको छ ।

nijgadh-supermart-adz1200-630