skip this

निजगढमा श्रीकृष्ण प्रणामी सेवा समितिको ३३औँ वार्षिक साधारण सभा सम्पन्न

51 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिका–६ प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, मन्दिर सञ्चालक समितिको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष रामाज्ञा प्रसाद शाह प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य जयराज भट्टराई, मोमिन बजगाईँ तथा मधेस प्रदेश संयोजक राम अवतार महतो विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

 

 

त्यसैगरी श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल बारा–पर्साका अध्यक्ष अर्जुन प्रसाद घिमिरे, कोषाध्यक्ष इन्दिरा उप्रेती, युवा परिषद् मधेस प्रदेशका उपाध्यक्ष सङ्कलन तिमल्सिना, युवा परिषद् बाराका अध्यक्ष मोहन सापकोटा, बाइजुराज महिला समिति बाराकी सचिव इन्द्रावती तिमल्सिना तथा श्रीकृष्ण प्रणामी सेवा समिति बारा–पर्साका पूर्वअध्यक्ष केशवप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका धार्मिक उपाध्यक्ष रामप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। ब्यानर वाचन तथा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सभामा मन्दिर सञ्चालक समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले संस्थाको धार्मिक, सामाजिक तथा भौतिक प्रगतिसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै कोषाध्यक्ष राजनप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा अर्जुन प्रसाद घिमिरे र रामाज्ञा प्रसाद शाहले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका सचिव प्रकाश प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

nijgadh-supermart-adz1200-630