जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क हो–राष्ट्रपति भण्डारी
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:१८

काठमाडौं ।जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारी लेजातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछुत अझै अन्त्य हुन नसकेको बताएकी छिन्।
जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क भएको राष्ट्रपति भण्डारीको भनाई छ । उनले यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको बताएकी छन् । यसको अन्त्यका लागि तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज‚ सामाजिक संघसंस्था र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ ।
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:१८
















