वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेन्डा भएको प्रधानमन्त्री देउवाको भनाई
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:२६

काठमाडौं ।वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेन्डा भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आज थापाथलीमा कान्तिपुर म्याराथनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले तापमान वृद्धिको असर नेपालले पनि भोगिरहेको उल्लेख गरेका छन् । वातावरण दिवसको पूर्वसन्ध्या पारेर गरिएको यस आयोजनाले वातावरणको महत्त्व र सचेतना जगाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएको बताए । उनले मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिले सारा संसारले भोग्दै आएको बताएका छन् । मौसम परिवर्तनका कारण समस्या भोग्न थालिसकेको उनले उल्लेख गरेका छन् । त्यस्तै नागरिक स्तरमा वातावरणको महत्त्व बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिए ।
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:२६

















