skip this

भारतका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बुधबार राती भारतका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको हृदयघातबाट निधन भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । हृदयघात भएपछि उपचारका लागि गृहनगर लखनउमा लगिएको थियो। उपचारका क्रममा बुधबार राती निधन भएको उनका ज्वाइँ आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

मिथिलेशको निधनको खबरले चलचित्र क्षेत्र शोकमा डुबेको छ। मिथिलेशले आफ्नो करियरमा धेरै ठूला र राम्रा बलिउड फिल्महरूमा अभिनय गरेका छन्।उनले सनी देवलको फिल्म गदर स् एक प्रेम कथा,मनोज बाजपेयीको सत्या,शाहहरु खानको अशोका,ताल,बन्टी और बबली, कृष र रेडीमा अभिनय गरेका थिए। फिल्म कोही मिल गयाुले उनलाई थप चर्चित बनाएको थियो। सो फिल्ममा उनी ऋतिक रोशनको कम्प्युटर टिचरको भूमिकामा देखिएका थिए।

nijgadh-supermart-adz1200-630