skip this farak Kura Pravakar

बागदेव दुग्ध उत्पादक सहकारीको ढुँटोको तौलमा किसान ठगिए ! संस्थाले लियो एक्सन !

प्रहरीले थाल्यो अनुसन्धान, खाद्य भण्डारमाथि व्यापारिक कारोबार रोक

2.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नं. ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको सिंगौल सेवा केन्द्रमा निजगढ ६ स्थित गणेश खाधान्न भण्डारवाट विक्रि भएको ढुँटोको तौलमा किसान ठगिने गरेको खुलासा भएको छ ।

प्रति बोरा तीन किलोसम्म कम तौल भएको ३० के.जी. ढुँटोको बोरा विक्रि भएको किसानले फेला परेपछि संस्थाको आलोचना भईरहेको छ । पूर्व कोषाध्यक्ष मोहन सापकोटाले कम तौल भएको बोरा जोख्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि किसानले आक्रोश व्यक्त गरेका छन् ।

१०० बोरा ढुटो बिक्रिका लागि खाध भण्डारवाट नै ढुवानी भएकोमा संस्थाको कर्मचारीले नाप जाँच गर्ने कममा उक्त ढुटोको बोराहरुम प्रति बोरा ३ केजी सम्म ढुटो कमि हुन गएको पुष्टि भएको छ ।

यसैविच संस्थाले यो घटनामा एक्सन लिएको छ । आईतबार साँझ एक प्रेस विज्ञप्ती जारी गरेर किसानको तहवाट समेत जानकारी प्राप्त भएको र उक्त विषयले संस्थाको गरिमामा आँच पुग्न गएको तथा कृषक महानुभावहरुलाई समेत आर्थिक नोक्सानी भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जारी गरेको विज्ञप्तीमा संस्था समेतको पहलमा इलाका प्रहरी कार्यालयवाट विक्री गर्न वांकी रहेको ढुटो जफत गरी आवश्यक अनुसन्धानका लागि प्रकृया अगाडि बढेको उल्लेछ छ । एक सय बोरा ढुटो मध्ये ८७ वोरा ढुटो कृषकले खरिद गरिसकेकोमा उक्त कृषकले लगेको प्रत्येक ढुटोमा ३ के.जी. घटाएर २७ के.जी. कायम गरी कृषक विक्रिको हिसाव राखिने भएको छ ।
विज्ञप्तीमा आगामी दिनमा उक्त खाद्यभण्डार वाट कुनैपनि किसिमको व्यापारिक कारोवार नगर्ने समेत जानकारी गराईएको छ ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630