skip this farak Kura Pravakar

गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ को स्वर्णजयन्ती एतिहासिक बनाउने तयारी

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको व्यवस्थापन तथा प्रशासन स्वर्णजयन्ती समारोहलाई एतिहासिक बनाउने तयारी जुटेको छ ।

२०३१ सालमा स्थापना भएको विद्यालयको माघ १० गते स्वर्णजयन्ती रहेको छ । स्वर्णजयन्तीको अवसरमा विद्यालयदेखि सडकसम्मै रौनक छाएको छ । साताव्यापी कार्यक्रम गरिरहेको विद्यालयको मुख्य फोकस मुलसमारोहमा केन्द्रित छ । जसको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्दैछन् ।

विद्यालयमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर समितिका अध्यक्ष रविकुमार बर्तौलाले मुलसमारोह बारेमा जानकारी गराएका छन् ।

साताव्यापी कार्यक्रम अन्तर्गत के–के कार्यक्रम गरियो भन्ने बारेमा विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले जानकारी गराएका छन् । उनका अनुसार माघ ४ गतेबाट नै सप्ताहव्यापी कार्यक्रम भईरहेको छ ।
जसअनुसार पहिलो दिन सरसफाई, ५ गते पुरुष शिक्षक कर्मचारीबिच भलिबल प्रतियोगिता तथा महिला शिक्षिका बिच म्युजिकल चेयर, ६ गते शिक्षक, कर्मचारी र समितिबिच फुटबल प्रतियोगिता, ७ गते दलित विद्यार्थीहरुलाई न्यानो कपडा र स्कुल ब्याग वितरण भएको छ ।

त्यसैगरि ८ गते अभिभावक खेल तथा खेलकुद पुरस्कार वितरण, ९ गते सांस्कृतिक तथा विविध पुरस्कार वितरण र १० गते स्वर्ण महोत्सव समुद्घाटन, विभिन्न सम्मान, विज्ञान प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरु गरि स्वर्णजयन्ती मुलसमारोह मनाईने छ ।

विद्यालयले स्थापनाकादेखि हालसम्म विभिन्न योगदान गरेको व्यक्तित्वदेखि विभिन्न क्षेत्रमा स्थापित एवं परिचित आफ्ना पूर्व विद्यार्थीलाई १८ विधामा सम्मान गर्न लागेको शिक्षक अभिभावक संघका अध्यक्ष दिपक सापकोटाले बताएका छन् ।

कसलाई सम्मान गरिदैछ ?

स्वर्णजयन्तीको अवसरमा विद्यालयले संस्थापक सदस्यहरु, स्थापनाका अन्य सहयोगी व्यक्तित्वहरु, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यहरु, विद्यालयका पूर्व प्रधानाध्यापकहरु, छात्रवृत्ति कोषका संचालकहरु, २० वर्ष विद्यालयमा सेवा गर्ने शिक्षक कर्मचारीलाई सम्मान गरिने भएको छ ।

त्यसैगरि २० वर्ष विद्यालयमा सेवा गर्ने पूर्व शिक्षक कर्मचारी, पूर्व विद्यालय कर्मचारीलाई नगद सहित सम्मान, अंग्रेजी माध्यमको कक्षाका संस्थापक शिक्षकहरु, यस विद्यालयमा अध्ययन गर्नु भएका वर्तमान तथा पूर्व मन्त्री, संघीय र प्रदेश सांसद, यस विद्यालयमा अध्ययन गर्नु भएका वर्तमान र पूर्व जि.स.स., जि.वि.स., नगरपालिका, गा.वि.स. प्रमुख र उप प्रमुख, स्थापनार्थ महत्वपूर्ण आर्थिक सहयोग गर्ने व्यक्तित्वहरु, नेपाल सरकारको विशिष्ट र राजपत्रांकित प्रथम श्रेणी र सो सरहका वर्तमान र पूर्व कर्मचारी, विद्यावारिधी उपाधि हासिल गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिनेछ ।

त्यसैगरि एमबीबीएस गर्ने व्यक्तित्वहरु, विशिष्ट राजनीतिक नियुक्ती लिनुहुने व्यक्तित्वहरु, राष्ट्रिय स्तरका खेलाडीहरु, राष्टि֑य स्तरका उद्यमी, कलाकार, साहित्यकारहरु, पूर्व विद्यार्थी पत्रकारहरु तथा कार्यरत उत्कृष्ट शिक्षक कर्मचारीलाई सम्मानित गरिने भएको छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण रुद्र धितालले गरेका थिए ।

गौरीशंकर मधेश प्रदेशमै उत्कृष्ट विद्यालय सामुदायिक विद्यालय हो । यस क्षेत्रकै शैक्षिक गन्तव्यका रुपमा विकास भईरहेको विद्यालयमा २३ सय विद्यार्थी अध्ययन गर्छन् ।

nijgadh-supermart-adz1200-630