skip this

राजवंशी समुदायको भाषा, संस्कृति संरक्षणका लागि महोत्सव

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

विराटनगर । राजवंशी समुदायको खानपान, पहिरन, भाषा, संस्कृति संरक्षणका लागि विराटनगरमा ‘बिराट राजवंशी महोत्सव मेला’को आयोजना हुने भएको छ ।

विराट राजवंशी प्रगतिशील विकास समिति विराटनगरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चैत ५ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।

विराटनगर–५ मा आयोजना हुने महोत्सवमा समुदायको मौलिक खानपान, भेषभुषा र सांस्कृतिक प्रदर्शन गरिने समितिका अध्यक्ष किरण राजवंशीले बताउनुभयो ।
आदिवासी समुदायको रुपमा राजवंशीको संस्कृति पश्चिमाका कारण अतिक्रमणमा पर्दै गएकोले संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

महोत्सवमा राजवंशी समुदायका मौलिक खानपान, पहिरनलगायत बालबालिका तथा युवाहरूको मनोरञ्जनका लागि झुला, रोटे पिङ सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रदर्शनीका ६० बटा स्टल रहने छन् ।

महोत्सवमा नेपाली तथा राजवंशी भाषाका चर्चित गायक सुगम पोखरेल, शिव परियार, इन्दिरा जोशी, प्रमोद खरेल, मेलिना राई, प्रवलदिप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नुहुने समितिका सचिव गोपी राजवंशीले बताउनुभयो ।

नेपाल तथा भारतीय सीमावर्ती क्षेत्रका गरी ५० हजार दर्शकले महोत्सव अवलोकन गर्नुका साथै रु ५० लाखको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि रु ३० लाख खर्च लाग्ने र उक्त रकम समुदायका सङ्कलन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

nijgadh-supermart-adz1200-630