skip this

ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि होइन– बालेन साह

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको प्रस्टीकरण दिएका छन् ।सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा भएको दाबी गरेका छन् ।

‘ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

कानुनले तोकिएबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । साथसाथै, यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।बालेनले ई–स्पोर्टसका नाममा ‘रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा हुने गरी एक करोड बजेट छुट्याएको चर्चा चलेको थियो ।

nijgadh-supermart-adz1200-630