कुखुरा बोकेको जीप दुर्घटना, साढे चार सय कुखुरा मरे
वि.सं.२०७९ असार ३० बिहीवार १४:४८
1.7K
shares

काठमाडौं । मुगुमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ । बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका–४ रारा विमानस्थल नजिकैको हिलाम्ये सडकमा जीप दुर्घटनामा परेको हो ।
जीपमा पाँच सय ६७ वटा कुखुरा थिए । त्यसमध्ये चार सय ५० वटा कुखुरा मरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेको थियो ।
वि.सं.२०७९ असार ३० बिहीवार १४:४८

















