skip this

फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आज दुई खेल हुने

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा सञ्चालन भईरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आईतबार दुई वटा खेल हुदैँछ ।

शुभ विजया दशमी–२०८० को पावन अवसरमा फ्याफुल्ला युवा क्लबद्वारा आयोजना गरेको प्रतियोगिता अन्तर्गत पहिलो खेल सपुजगण आधाबार र केवाईसी निजगढ–१३ बीच दिउ“सो ०१ः०० बजे हुने छ ।

त्यस्तै दोस्रो खेल जनजागृती युवा क्लब निजगढ–५ र रतनपुर युनाइटेड निजगढ–११ बीच अपरान्ह ०३ः०० बजे हुनेछ ।

शनिबार भएको खेलमा भने सहमती र फ्याफुल्ला बिजयी भएको थियो ।

एनएफसी (हरियो)जर्सी निजगढ–९ लाई ०१–०५ गोल अन्तरले हराउ“दै सहमति युवा क्लब (कालो) जर्सी निजगढ–१२ बिजयी भएको हो ।

त्यस्तै दोश्रो खेलमा वाई सि टि (रातो) जर्सी निजगढ–६ लाई पराजित गर्दै आयोजक फ्याफुल्ला क्लब (निलो) जर्सी विजयी भएको हो ।

nijgadh-supermart-adz1200-630